![साफ महिला च्याम्पियनसिप फाइनल : बिहानैदेखि टिकट काट्नेहरूको लाइन [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/ticket_4_PtX23JI52t.jpg)
साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरूको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री शुरू गरेको छ । एन्फाले टिकट बिक्री शुरू गरेसँगै बिहानैदेखि मानिसहरू लाइनमा बसेका हुन् ।

एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरेको छ । यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ ।

फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको छ ।
तर, एन्फाले जम्मा ११ हजार टिकट बिक्री गरिने जनाएको छ । जसमध्ये १० हजार साधारण पारापिटतर्फ र १००० भीआईपी पारापिट तर्फको टिकट बिक्री गर्दै छ ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि शुरू हुने छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने छन् ।