![बाढीले क्लालिटी रिसोर्टमा १५ करोडको क्षति, यसरी हुँदैछ पुनः सञ्चालनको तयारी [ड्रोन भिडियो]](https://lktcdn2.prixacdn.net/media/Quality_4_g9RqAiytBo.jpg)
असोज ११ गते मध्यराति आएको बाढीले क्षति पुर्याएको सिन्धुलीको क्वालिटी रिसोर्ट पुनः सञ्चालनमा ल्याउन सरसफाइ थालिएको छ ।
सुनकोशीको बाढी पसेर रिसोर्टको पहिलो तल्ला, रेस्टुरेन्ट र कजेटहरू डुबाएको थियो ।

रिसोर्टको संरचनामा १२ फिटसम्म बालुवा र माटो जमेको सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए ।
डोजर र एक्साभेटर लगाउँदा संरचना बिग्रने भएकाले पानीको माध्यमले सरसफाइ भइरहेको उनले जानकारी दिए ।

झण्डै ३० रोपनी क्षेत्रफलमा फैलिएको क्वालिटी बिच रिसोर्ट २०७८ चैत्र महिनादेखि सञ्चालनमा आएको थियो । बीपी राजमार्ग आसपासमा सबैभन्दा ठूलो होटलको रूपमा यसले आफ्नो सेवा विस्तार गरेको थियो ।
१०० बेड रहेको रिसोर्ट शुक्रबार र शनिबारको दिनमा प्याक हुने गरेको सञ्चालक श्रेष्ठले सम्झिए ।
झण्डै ४५ करोड लगानी भएको रिसोर्टमा बाढीले १५ करोड हाराहारीको क्षति पुर्याएको उनले जानकारी दिए ।

बाढीले कटेजका कोठामा रहेको सबै सामग्री, रेस्टुरेन्ट र स्विमिङ पुल पूरै पुरेकाले पुनः सञ्चालनमा आउन ५ महिना लाग्नसक्ने उनले बताए ।
अहिले ५० जना कामदार लगाएर सरसफाइको काम चलिरहेको उनले जानकारी दिए ।
हेर्नुहोस्, सुनकोशीको बाढी पसेर ध्वस्त भएको क्वालिटी रिसोर्टको पछिल्लो अवस्था ड्रोन भिडियोमा :