०३ साउन २०८३, आइतबार

पीसीओडीकै कारण हुनसक्छ बाँझोपन, कसरी गर्ने समाधान ?

कात्तिक २२, २०८१
काठमाडौं
पीसीओडीकै कारण हुनसक्छ बाँझोपन, कसरी गर्ने समाधान ?
  • डा. आकृति भारती

महिलाहरूमा हुने इनफर्टिलिटी अर्थात् बाँझोपनको एक कारण भनेको पीसीओएस(पोलिसिस्टिक ओभरी सिन्ड्रोम) हो । ५ देखि १० प्रतिशत महिलाहरूमा यो समस्या देखिने गरेको छ । यो अधिकांश महिलाहरूमा जन्मजात नै हुने गर्दछ भने कतिपयमा वातावरणीय प्रभावले पनि हुने गर्दछ । कतिपय अवस्थामा रहनसहन तथा जीवनशैलीको कारणले पनि पीसीओडी हुने गर्दछ । जसले गर्दा महिलाहरूमा बाँझोपनको समस्या आउँछ ।

बच्चाका लागि महिलाहरूको डिम्बाशयमा अन्डाहरू प्रशस्त मात्रामा हुने गर्दछन् । पाठेघरको दुवैतिर हुने अन्डा आकारको अङ्ग नै डिम्बाशय हो । जसमा अन्डाहरू बन्ने गर्दछन् ।​

डिम्बाशयबाट अन्डा विस्तारै ठूलो भएर बाहिर निस्कने गर्दछ । जुन महिनावारी भएको १४ दिनमा ठूलो भएर फुट्नुपर्ने अर्थात् बाहिर निस्किनुपर्ने हुन्छ । तर पीसीओएस भएमा महिलाहरूमा अन्डा बाहिर ननिस्किने समस्या हुन्छ ।​​​

पीसीओडीएस हुँदा सामान्य अवस्थाभन्दा बढी अन्डाहरू बन्ने गर्दछन् । जसले गर्दा अन्डा ठूलो भएर फुट्न पाउँदैन । सामान्यतया १४ दिनमा हुनुपर्ने अर्थात् फुट्नुपर्नेमा अन्डा २० दिनदेखि ४० दिनसम्म फुट्दैन । कतिपय अवस्थामा भने अन्डा नै ठूलो नहुने पनि हुन्छ ।​

पीसीओएसका लक्षणहरू के कस्ता हुन्छन् ?

पीसीआएस भएका महिलाहरूको महिनावारी नियमित हुँदैन । महिनावारी पनि ४० दिनमा हुनेसम्मको लक्षण देखिन्छ । त्यस्तै, कुनै-कुनै अवस्थामा औषधि नखाएसम्म महिनावारी नहुने हुन्छ । महिनावारी हुँदा अत्यधिक ‘ब्लिडिङ’ हुने गर्दछ ।

त्यसैगरी अत्यधिक तथा अस्वाभाविक तौल बढ्ने बढ्नु पनि यसको एक कारण हो । यस्तो अवस्थामा महिलाहरूलाई मानसिक समस्या पनि देखा पर्दछ । यसका साथै अनुहार, पेट र पिठ्युँमा अतिरिक्त रौं पलाउँछन् । शरीरमा ‘पिम्पलस’ घाउ खटिरा आउने गर्दछ । यौन स्वास्थ्यमा पनि समस्या देखा पर्ने गर्दछ । ​​​

पीसीओएस भएका महिलाहरूलाई मधुमेहको जोखिम बढ्ने गर्दछ ।​

महिनावारी नहुने महिलाहरूमा औषधि खाएर पाठेघर बाक्लो हुने र पाठेघरको क्यान्सर हुने सम्भावना रहेको हुन्छ । 

पीसीओएस भएका महिलाहरूको हातखुट्टा पातलो हुने र शरीरको बीच भाग मात्रै मोटाउने गर्दछ ।

माथि उल्लेख गरिएका लक्षणहरू देखिएका पीसीओएस (पोलिसिस्टिक ओभरी सिनड्रोम) भएको भनिन्छ भने अल्ट्रासाउन्डबाट पत्ता लागेमा अर्थात् बाहिरी सिन्ड्रोमहरू नदेखिएमा पीसीओढी भन्ने गरिन्छ ।​

पीसीओएसको उपचार के हो ?

पीसीओ भएका महिलाहरूमा गर्भधारण भइरहेको छैन भने कुनै पनि औषधि खानुपर्ने आवश्यक हुँदैन । यदि महिनावारी मात्रै समयमा भइरहेको छैन भने पीसीओएस बाहेक कारणहरू हेर्नुपर्ने हुन्छ । त्यसमा पीसीओएसको कारणले नै महिनावारी भइरहेको छैन भने ‘लाइफ स्टाइट मोडिफिकेसन’ जीवनशैलीमा परिवर्तन गर्नुपर्ने हुन्छ । 

यस्तो अवस्थामा महिलाले ३० देखि ४५ मिनेटसम्म पसिना आउने गरी दौड अथवा व्यायाम गर्नुपर्ने हुन्छ । यसका साथै खानेकुरामा पनि जंक फुड लगायतका खान नहुने खानेकुराहरूलाई छोड्नुपर्ने हुन्छ । 

जीवनशैलीमा सामान्य परिवर्तन गर्दा अधिकांश पीसीओडीका लक्षणहरू काम हुने गर्दछन् ।

तर गर्भधारणको योजनामा रहेका महिलाहरूलाई ‘मेटफर्मीङ’ औषधि खुवाइने गरिन्छ । जुन सामान्यतया सुगरको बिरामीले खाने औषधि हो । यसले तौल घटाउन, अन्डाको क्वालिटी बढाउन सहयोग गर्छ । 

गर्भधारणको योजनामा रहेको महिला पीसीओएसले गर्भवती  भइरहेको छैन भने शुरूमा अन्डा बनाउने औषधिहरू दिने गरिन्छ । जसलाई ‘ओभिलेसन इन्डियुसिङ ड्रग्स’ भन्ने गरिन्छ । तर, कुनै बेला इन्जेक्सन लगाएर पनि अन्डा ठूलो बनाइने गरिन्छ ।

शुरूमा अन्डा बनाउने औषधि दिने गरिन्छ । त्यसबाट नभएमा ‘आईयूआई’ प्रविधिमा जानुपर्ने हुन्छ । यदि त्यसमा पनि भएन भने ‘आईभीएफ’मा जानुपर्ने हुन्छ । ​​

पीसीओडी भएको कसरी थाहा हुन्छ ?

सामान्यतया महिलाहरूमा महिनावारी समयमा नहुने, शरीरमा घाउ खटिरा आउने र शरीरको बनावटबाट पीसीओडी भएको थाहा पाउन सकिन्छ । 

पीसीओडीका लागि अल्ट्रासाउन्ड गरेरै हेर्नुपर्ने हुन्छ । जसमा अन्डाहरू अत्यधिक मात्रामा देखिने गर्दछन् । रगत परीक्षण गरेर र महिनावारी हुँदा हर्मोन परीक्षण गरेर पनि पीसीओडी भएको थाहा पाउन सकिन्छ । ​

पीसीओएसले निम्त्याउने समस्याहरू

​एन्ड्रोजन नामक हार्माेनको स्तरमा वृद्धि हुने गर्दछ । यसले महिलाको महिनावारी चक्रलाई प्रभाव पार्ने गर्दछ । जसले गर्दा समयमा महिनावारी हुँदैन । शरीरमा एन्सुलिन रेजिन्टेन्स गराउँछ र एण्ड्रोजन नामक हार्माेनको स्तरमा वृद्धि गर्दछ । 

डा. भारती वरिष्ठ प्रजनन विशेषज्ञ हुन् ।

salt training

कमेन्ट गर्नुहोस्