३२ असार २०८३, बिहीबार

'अवैध चिनी' बरामद गर्न गएको प्रहरीमाथि ढुंगामुढा प्रहार, दुई जना सशस्त्र प्रहरी घाइते

कात्तिक २३, २०८१
बुटवल
'अवैध चिनी' बरामद गर्न गएको प्रहरीमाथि ढुंगामुढा प्रहार, दुई जना सशस्त्र प्रहरी घाइते
सशस्त्र प्रहरीले बरामद गरेको चिनी।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानामा सशस्त्र प्रहरीमाथि ढु‌गामुढा प्रहार भएको छ। 

भारतबाट 'अवैध रूपमा' चिनी ल्याइ राखिएको भन्ने सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी र  राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीमाथि ढुंगामुढा प्रहार भएको हो। 

सशस्त्र प्रहरी र राजश्व कार्यालयको टोलीले गोदामबाट चिनी बरामद गरेर लैजाने क्रममा तस्कर समूह र स्थानीयले ढुंगामुढा प्रहार भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। त्यसक्रममा दुई जना सशस्त्र प्रहरी घाइते हुनुकासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको बताइएको छ। 

गोदामबाट १ सय १२ बोरा चिनी बरामद गरेर राजश्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ।

बाटो अवरुद्ध गरी ढुंगामुढा गरिएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा ७० जनाको टोली परिचालन गरेर भिड तितरवितर पारिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्