१२ साउन २०८३, मंगलबार
अख्तियारको फन्दामा कर्मचारी

२० हजार घुससहित अदालतका दुई कर्मचारी पक्राउ

कात्तिक २७, २०८१
काठमाडौं
२० हजार घुससहित अदालतका दुई कर्मचारी पक्राउ

सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

जग्गा सम्बन्धी मुद्दामा सेवाग्राहीलाई प्रभावमा पारेर घुस लिएको अवस्थामा गौरीचोकस्थित चिया पसलबाट आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

टंगालस्थित आयोगको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार बुटवलको टोलीले मुचुल्का उठाएर मिश्र र पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्