०७ साउन २०८३, बिहीबार

नगरपालिकामा लगाइएको ताला एक महिनापछि खुल्यो,  १० दिनभित्र नगरसभा गर्ने सहमति

कात्तिक २७, २०८१
सप्तरी
नगरपालिकामा लगाइएको ताला एक महिनापछि खुल्यो,  १० दिनभित्र नगरसभा गर्ने सहमति

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगर प्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार एक महिनापछि मंगलबार ताला खुलाइएको हो ।     

गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका–५ का अशोककुमार यादवले बताए ।

राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबान पीडितले नगरका वडा नं ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा समेत तालाबन्दी गरेका थिए । 

मंगलबारदेखि वडा कार्यालय र नगरपालिकाको सेवा सुरू गर्दै १० दिनभित्र नगरसभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्ने समेत सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्