११ साउन २०८३, सोमबार
मापदण्ड संशोधन अन्तिम चरणमा

वायु गुणस्तरसम्बन्धी मापदण्ड परिमार्जन गरिँदै, इँटा भट्टाबाट निस्कने धुँवाको सीमा घटाइने

कात्तिक ३०, २०८१
काठमाडौं
वायु गुणस्तरसम्बन्धी मापदण्ड परिमार्जन गरिँदै, इँटा भट्टाबाट निस्कने धुँवाको सीमा घटाइने

इँटा भट्टाको चिम्नीबाट निस्कने धुलोको मात्रा (सस्पेन्डेड पार्टीकुलर म्याटर–एसपिएम)को अधिकतम सीमा घटाउन लागिएको छ । वायु प्रदूषणसम्बन्धी मापदण्डको संशोधनमार्फत् इँटा भट्टाको चिम्नीबाट निस्कने धुलोको मात्राको अधिकतम सीमा घटाउन लागिएको हो ।

वन तथा मन्त्रालयले वायु गुणस्तरसम्बन्धी मापदण्ड संशोधनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राय सुझाव प्राप्त गरिसकेको जनाएको छ । मन्त्रालयमा चार/पाँच पटकसम्मको छलफलपछि मापदण्डको मस्यौदा अर्को सातासम्म कानुन मन्त्रालय पठाउने तयारी छ । 

‘धेरै पटक मन्त्रालयमा सरोकारवाला तथा विज्ञहरूसँगको छलफलपछि वायु गुणस्तरसम्बन्धी मापदण्डको संशोधन अन्तिम चरणमा पुगिसकेको छ’, मन्त्रालयका एक कर्मचारीले भने, ‘उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राय सुझाव पाइसक्यौं । थप राय सुझावको लागि अन्तिम पटक कानुन मन्त्रालयमा पठाउँदै छौं ।’ मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५  बमोजिम संशोधन गर्न लागेको हो । 

नेपालमा वायु प्रदूषणसम्बन्धी ‘नेपाल सवारी प्रदूषण मापदण्ड’ २०५६ सालमा ल्याइएको थियो । ‘वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड’ २०५९ सालमा छुट्टै ल्याएको थियो । इँटा उद्योगबाट निस्किने धुवाँ र चिम्नीको उचाइसम्बन्धी मापदण्ड २०६४ सालमा ल्याएको थियो । यसलाई खारेज गरेर २०७४ सालमा नयाँ मापदण्ड बनाइएको थियो । अब नयाँ मापदण्डले यसलाई खारेज गर्नेछ । 

नयाँ मापदण्डमा इँटा भट्टाको चिम्नीबाट बाहिर निस्कने धुलोको मात्रा (सस्पेन्डेड पार्टीकुलर म्याटर–एसपीएम)को अधिकतम सीमा घटाइएको छ । जसअनुसार बुल्स ट्रेन्च किल्न, फोर्स ड्राफ्ट प्रविधिको फिक्स्ड चिम्नीमा एसपीएम अधिकतम २५० मिलिग्राम प्रतिघनमिटर हुनुपर्ने प्रस्ताव गरिएको छ । 

हाल बुल्स ट्रेन्चकै नेचुरल ड्राफ्ट प्रविधिको फिक्स्ड चिम्नीमा एसपीएमको अधिकतम सीमा पाँच सय मिलिग्राम प्रतिघनमिटर बनाउनुपर्ने मापदण्डमा छ । भर्टिकल शफ्ट ब्रिक किल्न (भीएसबीके) प्रविधिको चिम्नीमा दुई सय ५० मिलिग्राम प्रतिघनमिटर रहेको छ । संशोधनले सबैको अधिकतम सीमालाई २५० मिलिग्राम प्रतिघनमिटरमा सीमित गरिदिएको छ । 

स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्डलाई करिब ७ वर्षपछि संशोधन गर्न लागिएको हो । यसअघि पनि १५ वर्षपछि २०७८ सालमा मन्त्रालयले वायु गुणस्तर सम्बन्धी मापदण्डको पुनरावलोकन गरेको थियो ।

त्यस्तै, क्रसर र सिमेन्ट उद्योगहरूको उत्सर्जन सीमालाई भने घटबढ गरिएको छैन । वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पीएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ । पीएम १० को हकमा नेपालको मापदण्डले प्रतिघनमिटर वायुमा १२० माइक्रोग्रामसम्मका सूक्ष्म कणलाई गुणस्तरीय वायु भनेर तोकेको छ ।

अब अन्तराष्ट्रिय स्तरबाट वायु प्रदुषण मापनका पीएम २.५पिएम १० लाई पनि अपग्रेड गर्ने तयारीमा मन्त्रालय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्