०४ साउन २०८३, सोमबार

अवहेलनसम्बन्धी रास्वपा पदाधिकारी र सांसदहरूविरुद्धको रिट न्यायाधीश फुयाँल र ढकालको इजलासमा

मंसिर ९, २०८१
काठमाडौं
अवहेलनसम्बन्धी रास्वपा पदाधिकारी र सांसदहरूविरुद्धको रिट न्यायाधीश फुयाँल र ढकालको इजलासमा

रास्वपाका पदाधिकारी तथा सांसदहरूविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलनासम्बन्धी रिट सुनुवाइका लागि आइतबार पेशी चढेको छ ।

अधिवक्ता अनुपम भट्टराईले कात्तिक २८ गते दायर गरेको रिट आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासमा पेशी चढेको हो ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि भएको आन्दोलनका क्रममा रास्वपा नेताहरूले अदालतको अपहेलना हुने गरी बोलेको रिट निवेदकको आरोप छ । 

रवि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरणलगायत कसुरमा अनुसन्धान भइरहेको छ ।

उक्त रिट पेशी सूचीमा निकै तल रहेकाले आइतबार सुनुवाइ हुने सम्भावना भने न्यून छ ।

salt training

कमेन्ट गर्नुहोस्