
कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङसँगको समन्वयमा बेलबारीका उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
यूएसएडसँगको साझेदारीमा 'देशै भरि, वर्षै भरि' उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालनअन्तर्गत प्रशिक्षण कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।
बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।