०८ साउन २०८३, शुक्रबार

जाडोमा पनि स्विमिङ गर्न मिल्ने रिफ्रेस रिक्रिएसन, साउनादेखि रेष्टुराँसम्मको व्यवस्था

मंसिर ११, २०८१
काठमाडौं
जाडोमा पनि स्विमिङ गर्न मिल्ने रिफ्रेस रिक्रिएसन, साउनादेखि रेष्टुराँसम्मको व्यवस्था

मंसिरको दोस्रो सातासम्म आइपुग्दा काठमाडौंलगायत देशैभरिको तापक्रम घट्न थालेको छ । तराईका अधिकांश भूभागमा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित हुन थालिसकेको छ । काठमाडौंमा पनि पानी चिसो हुन थालेको छ, घाम प्यारो लाग्न थालेको छ ।

जाडोयाममा मानिसहरूलाई घरबाहिर निस्कन त अल्छी लाग्छ, झन् स्विमिङ पूलमा गएर स्विमिङ गर्ने बारेमा त मानिसले सोच्न पनि सक्दैनन् ।

यही कुरालाई मध्यनजर गर्दै काठमाडौंमा एउटा सुविधा सम्पन्न गन्तव्य तयार भएको छ । उक्त गन्तव्य हो, काठमाडौंको बौद्धस्थित टाउन प्लानिङ (नयाँ वस्ती)मा रहेको अत्याधुनिक रिफ्रेस रिक्रिएसन सेन्टर ।

उद्यमी भुवनराज लामिछानेले करिब नौ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको  रिफ्रेस रिक्रिएसन सेन्टरमा जाडो मौसममा समेत स्विमिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । रोमाञ्चक कुरा के छ भने यो इन्डोर हिटेड स्विमिङ पूलमा नेपालमा  पहिलोपटक अत्याधुनिक शैलीको फिल्टर  मशिनबाट हरेक २४ घण्टामा पानी फिल्टर गरेर पानीलाई स्वच्छ तथा स्वस्थ्यवर्द्धक बनाइन्छ । ​

null

रिफ्रेस रिक्रिएसन सेन्टरमा रहेको स्विमिङ पूलमार्फत उद्यमी लामिछानेले ‘लाइफ सेभिङ स्किल’को अभियानसमेत घोषणा गरेका छन् ।

गत वैशाखदेखि सञ्चालनमा आएको सेन्टर परिसरमा हालै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले पौडी खेल्न नजानेका कारण विश्वमा बर्सेनि हजारौं मानिसको ज्यान जाने आँकडा प्रस्तुत गरेका थिए ।

नेपालमा समेत यही वर्ष बाढीका कारण सयौं मानिसहरूले ज्यान गुमाउने परेको, दर्जनौं जना अझै बेपत्ता रहेको जानकारी दिँदै लामिछानेले सेन्टरमा रहेको सुविधा सम्पन्न स्विमिङ पूलमा पौडी खेल्न नजान्नेहरूलाई दक्ष प्रशिक्षकद्वारा पौडी खेल्न सिकाइने सुविधा रहेको समेत बताए ।

‘अब पौडी खेल्नु भनेको मनोरञ्जनको लागि मात्र रहेन,' लामिछानेले भने, ‘पहिलो कुरा त यो शारीरिक व्यायामको सबैभन्दा उत्तम तरिका हो । अर्को कुरा यसले स्ट्रेज म्यानेज्मेन्टमा पनि सहयोग पुर्‍याउँछ । सबैभन्दा महत्त्वपूर्ण कुरा पौडी खेल्ने कला सिकियो भने प्राकृतिक विपत्तिमा निकै उपयोगी हुन्छ । त्यसैले हामी बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई पौडी खेल्न सिक्नका लागि आग्रह गर्दछौं । हाम्रो सेन्टरमा दक्ष प्रशिक्षकहरूले नै सिकाइरहनु भएकाले एक पटक यहाँ भिजिट गर्न आग्रह  गर्दछौं ।’​

रिफ्रेस रिक्रिएसन सेन्टरमा सुविधा सम्पन्न इन्डोर स्विमिङ पूलमात्र छैन । रिफ्रेस रिक्रिएसन सेन्टरमा बजारमा उपलब्ध सबैभन्दा अत्याधुनिक उपकरणसहितको जीमखाना, काडिर्योदेखि साउना र ज्याकुजीको समेत सेवा उपलब्ध छ । 

null

औपचारिक रूपमा उद्‌घाटन हुन बाँकी रहेको यो रिफ्रेस रिक्रिएसन सेन्टर चार रोपनी क्षेत्रफलमा फैलिएको छ । यो सेन्टरमा शारीरिक व्यायामदेखि मनोरञ्जसम्मका सम्पूर्ण सुविधा उपलब्ध गराइएको छ । यो सेन्टरको स्विमिङ पूल  अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छ, जहाँ गर्मीमात्र होइन जाडो मौसममा समेत पौडीको मज्जा लिन तातो पानीको व्यवस्था गरिएको छ ।

यो सेन्टरमा इन्डोर हिटेड स्विमिङ पूल, बेबी स्विमिङ पूल, जीम, कार्डियो, साउना, स्टिम, जाकुजीसहितका सुविधा उपलब्ध छ । बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने उक्त सेन्टरमा रेष्टुराँसमेत सञ्चालन गरिएको छ । व्यायाम तथा स्विमिङ गर्न आउनेहरूले खानपिनको उपलब्ध छ । त्यस्तै बालबालिकाहरूका लागि विभिन्न खेल खेल्ने स्थानसमेत निर्माण भइरहेको छ ।

पर्याप्त पार्किङको सुविधा रहेको यो सेन्टर बौद्ध गेटबाट केही मिनेटको दूरीमा, समता स्कूल नजिकै छ भने गुहेश्वरीको बागमती करिडोरबाट समेत छोटो दूरीमा रहेको छ । 

null

‘दिनभरिको कामबाट थाकेका कर्पोरेट लेभलका मानिसहरूलाई पनि हामीले लक्षित गरेका छौं,' लामिछानेले भने, ‘थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजीजस्ता सेवाबाट आनन्द दिने हाम्रो उद्देश्य हो । एउटै परिसरमा जीमदेखि स्विमिङ अनि शरीरभित्रका रहेका खराब वस्तु फाल्न र कामबाट थकित भएका मानिसहरू एकछिन भए पनि शरीरलाई आनन्दका लागि स्पा, साउना, स्टिम र जाकुजीतर्फ आकर्षित गराउन हामीले यो रिफ्रेस रिक्रिएसन सेन्टर सञ्चालनमा ल्याएका हौं ।’

लामिछानेका अनुसार यो सेन्टरमा मानिसहरूलाई तातो पानी बस्ने, पानीको बाफ, सुक्खा तातो विधिबाट शरीरलाई आनन्दमय बनाएको छ ।

‘मानिसलाई तनाव व्यवस्थापन गर्न र आनन्द बनाउन स्पा, साउना, स्टिम र ज्याकुजीजस्ता गर्ने प्रचलन बढिरहेको बेला हामीले जीम र स्विमिङ पूलसहितको सुविधा सम्पन्न सेन्टर तयार पारेका हौं, जहाँ मानिसले थकाइ तथा तनाव भएको बेला आनन्दको अनुभव गर्नुहुनेछ,' उनले भने ।

सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सेन्टर अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याइएको उनले बताए । एक पटक भ्रमणका लागि उनले सबैलाई आग्रह गरेका छन् ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्