२१ असार २०८३, आइतबार

डिशहोमको इन्टरनेट जडान गर्दा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर पाइने

मंसिर १८, २०८१
काठमाडौं
डिशहोमको इन्टरनेट जडान गर्दा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर पाइने

नेपाल प्रिमियर लिग (एनपीएल)को शुरूवातसँगै डिशहोमले क्रिकेटका फ्यानहरूलाई लक्षित गर्दै इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ।

कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित नि:शुल्क राउटरको अफर सार्वजनिक गरेको हो ।​​

डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ।

यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूका लागि यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको आधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्