
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सीईओ क्लब सदस्यता प्राप्त कर्णाली प्रदेश ७५ जनाभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ ।
सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले उनीहरूलाई सम्मान गरेका हुन् ।
सीईओ खत्रीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा कर्णाली प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

साथै कार्यक्रममा प्रथम, द्वितीय र तृतीय बनेका अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सो अवसरमा सीईओ खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट प्रदान गरेका थिए ।
कार्यक्रममा नेपालभरका २ हजारभन्दा बढी अभिकर्ता छनोट हुनुले यो योजना अत्यन्तै सफल भएको उनले बताए ।
सीईओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित बिजनेस लिडरहरूले आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा खुशी लागेको बताए ।
