०८ साउन २०८३, शुक्रबार

अवहेलना मुद्दामा सर्वोच्च अदालतले रास्वपा नेताहरूसँग माग्यो लिखित जवाफ

मंसिर २५, २०८१
काठमाडौं
अवहेलना मुद्दामा सर्वोच्च अदालतले रास्वपा नेताहरूसँग माग्यो लिखित जवाफ

अदालतको अवहेलना सम्बन्धी मु्द्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ मागेको छ । 

मंगलबार न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भन्दै सर्वोच्चले रास्वपाका केन्द्रीय पदाधिकारी एवं सांसदहरूसँग लिखित जवाफ मागेको हो । 

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि भएका प्रदर्शनका क्रममा अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले लिखित जवाफ माग्ने आदेश गरेको हो ।

भट्टराईले रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बागमती प्रदेशका सभापति डा.अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा लगायत रवि लामिछानेबाहेक २० जना सांसदलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्