२९ असार २०८३, सोमबार

पुसको पहिलो दिनमै नेप्सेमा भारी गिरावट, ५ अर्ब ९३ करोडको कारोबार

पुस १, २०८१
काठमाडौं
पुसको पहिलो दिनमै नेप्सेमा भारी गिरावट, ५ अर्ब ९३ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा कायम भएको हो । 

यस दिन १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रूपैयाँको कारोबार भयो । 

साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकोले सेयर बजार बन्द रह्यो । त्यसअघि गत साताको अन्तिम कारोबारका दिन बिहीबार ३३.४२ अंकले परिसूचक घटेको थियो । 

आज उच्च अंकले घटेको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै, कारोबारका आधारमा एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट २६ करोड ४५ लाख ९० हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । 

सोमबार उपसमूहतर्फका १३ वटै सूचकहरूमा गिरावट आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्