०१ साउन २०८३, शुक्रबार

लक्ष्मी ग्रुपको ५१ औं वार्षिकोत्सवको अवसरमा स्टेसनरी सामग्री वितरण

पुस ५, २०८१
काठमाडौं
लक्ष्मी ग्रुपको ५१ औं वार्षिकोत्सवको अवसरमा स्टेसनरी सामग्री वितरण

लक्ष्मी ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ ।

ग्रुपले आफू मातहतका विभिन्न संस्थामार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रबार आफ्नो ५१ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्‍यो । जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।

null

लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रूपमा मिठाइ उत्पादनबाट व्यवसाय शुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्