०६ साउन २०८३, बुधबार

लगातारको गिरावटपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने बढ्न सकेन

पुस ८, २०८१
काठमाडौं
लगातारको गिरावटपछि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने बढ्न सकेन

लगातारको गिरावटपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा कायम भएको छ ।

सोमबार १९४ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा ४२ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीमा भने कुनै परिवर्तन भएन ।

सोमबार सपोर्ट माइक्रो फाइनान्स र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले नै घटेको छ । 

नेप्से बढ्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेर ४ अर्ब ४३ करोडमा सीमित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्