०२ साउन २०८३, शनिबार

नक्सालस्थित बाइकर्स क्याफेमा बजाज फाइनान्स मेला, यस्ता छन् विशेषता

पुस ९, २०८१
काठमाडौं
नक्सालस्थित बाइकर्स क्याफेमा बजाज फाइनान्स मेला, यस्ता छन् विशेषता

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले विशेष फाइनान्स मेला २०२४ आयोजना गरेको छ ।

मेला यही पुस १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा चल्नेछ ।

ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

फाइनान्स मेलामा सेवा शुल्क शून्य रहनेछ भने अन्य कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

त्यसैगरी ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुनेछन् । प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरीसमेत प्राप्त गर्नेछन् ।

बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताएका छन् ।

बजाज मोटरसाइकलका ग्राहकहरूका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर हुनेछ ।

कार्यक्रममा सहभागी भई यी विशेष अफरहरूको लाभ उठाउन ग्राहकहरूलाई कम्पनीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्