
नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ३३.०८ अङ्कले घटेर २५७६.५० को विन्दुमा बन्द भएको हो ।
आज बजारमा १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन आइतबार परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा बन्द भएको थियो ।
आज सबैभन्दा बढी फाइनान्स कम्पनीहरूको शेयर मूल्य घटेको छ ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा प्रभु बैंक ३५ करोड ९४ लाख ९२ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।