०३ साउन २०८३, आइतबार

निरन्तर ओरालो यात्रामा नेप्से, २५ सय ७६ को विन्दुमा परिसूचक

पुस १६, २०८१
काठमाडौं
निरन्तर ओरालो यात्रामा नेप्से, २५ सय ७६ को विन्दुमा परिसूचक

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

मंगलबार नेप्से परिसूचक ३३.०८ अङ्कले घटेर २५७६.५० को विन्दुमा बन्द भएको हो ।

आज बजारमा १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन आइतबार परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा बन्द भएको थियो । 

आज सबैभन्दा बढी फाइनान्स कम्पनीहरूको शेयर मूल्य घटेको छ ।

मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा प्रभु बैंक ३५ करोड ९४ लाख ९२ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्