०५ साउन २०८३, मंगलबार

चलचित्र ममीको ‘म त यसै नक्कली’ गीत सार्वजनिक

पुस २२, २०८१
काठमाडौं
चलचित्र ममीको ‘म त यसै नक्कली’ गीत सार्वजनिक

यही माघ २५ देखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र ‘ममी’ को ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । 

काठमाडौंमा सोमबार एक समारोहको आयोजना गरेर गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द हर्क साउदको रहेको छ भने स्वर समीक्षा अधिकारी र विज्ञानी पराजुलीको रहेको छ। 

त्यस्तै, संगीत एसडी योगीले भरेका छन । चलचित्रमा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारतीको प्रमुख भूमिका रहेको छ । उनीहरूका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको  निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् ।

हेर्नुहोस् गीत :
 

salt training

कमेन्ट गर्नुहोस्