
सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा श्रव्यदृश्य सामाग्री झिकाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीशहरू नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले ‘विवादित भनिएको’ वक्तव्यको श्रव्यदृश्य झिकाउने आदेश दिएको हो ।
अध्यक्ष घिमिरेले काठमाडौं जिल्ला अदालत बार इकाईले गत असोज ११ गते गरेको कार्यक्रममा न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको विषयमा धारणा राखेका थिए ।
सोही धारणालाई लिएर सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्र प्रसाद घिमिरेले बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए ।
