०६ साउन २०८३, बुधबार

पौंदी टारी स्कुलले माघ २१ देखि २४ सम्म स्वर्णमहोत्वस मनाउने

पुस २५, २०८१
काठमाडौं
पौंदी टारी स्कुलले माघ २१ देखि २४ सम्म स्वर्णमहोत्वस मनाउने

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका ग्वालीचौरमा रहेको पौंदी टारी आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । 

आगामी माघ २१ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्वम मनाउन लागिएको मूल आयोजक समितिले जनाएको छ । 

विशेष कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव आयोजना गर्न लागिएको विद्यालयका शिक्षक एवं सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए ।

स्वर्ण महोत्वसका अवसरमा विद्यालय स्थापनादेखि हालसम्मका व्यवस्थापक, शिक्षक र विद्यार्थी लगायतको विवरणसहितको स्मारिका प्रकाशित गर्ने लगायत कार्यक्रम तय गरिएको छ । 

यस्तै, पूर्व शिक्षक र विद्यार्थीहरूबीच पुनःमिलन कार्यक्रम आयोजना गर्ने लगायत छन् । विद्यालयका शुभेक्षुकबाट आर्थिक सहयोग संकलन गर्ने र चन्दादातालाई सम्मान गर्ने कार्यक्रम बनाइएको आचार्यले जानकारी दिए । 

२०३१ सालमा स्थापित यो विद्यालय बाग्लुङको नमूना विद्यालयका रूपमा परिचित छ । 

salt training

कमेन्ट गर्नुहोस्