१० साउन २०८३, आइतबार

राज्यमन्त्री चौधरीको सांसद पद जोगियो, सर्वोच्चद्वारा रिट खारेज

माघ २, २०८१
काठमाडौं
राज्यमन्त्री चौधरीको सांसद पद जोगियो, सर्वोच्चद्वारा रिट खारेज

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुणकुमार चौधरीको सांसद पद जोगिएको छ । 

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नं २ बाट निर्वाचित चौधरीको योग्यता विवादसम्बन्धी रिट बुधबार खारेज गरिदिएसँगै उनको सांसद पद जोगिएको हो । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलासले यस्तो निर्णय सुनाएको हो । 

अधिवक्ता बसन्त जोशीले चौधरी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेर रिट दायर गरेका थिए । 

निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानूनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्चमा यो विवाद ल्याएको भन्दै संवैधानिक इजलासले उनको रिट खारेज गरिदिएको हो।

‘उम्मेदवारी दर्ता गर्दा पेस गरेको मनोनयन पत्रमा जानी-जानी झुटो विवरण पेस गरेको भए सो विषयको उजुरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३ बमोजिम निर्वाचन अधिकृतसमक्ष वा ऐ. ऐनको दफा ४३ बमोजिम सम्बन्धित अदालतमा दिन सक्ने वैकल्पिक कानूनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा निज अरुणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ’, संवैधानिक इजलासको आदेशमा भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्