सीजी मोटर्सले बिर्तामोडमा हिरो मोटोकर्पको एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर क्षेत्रीय ग्राण्ड लन्च गरेको छ।
बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता पीटूआर अटो जोनमा आयोजित भव्य कार्यक्रममार्फत यी नयाँ मोडेल सार्वजनिक गरिएको हो।
लन्च कार्यक्रममा गायक निशान भट्टराईलगायत अन्य कलाकारको मनोरञ्जनात्मक प्रस्तुति पनि भएको थियो ।
एक्स्ट्रिम सिरिजका विशेषताहरू
हीरो मोटोकर्पले एक्स्ट्रिम सिरिजमार्फत नेपालका आधुनिक राइडरहरूको आवश्यकतालाई ध्यानमा राख्दै शक्तिशाली, आकर्षक र प्रदर्शन–मुखी मोटरसाइकलहरू उपलब्ध गराउने उद्देश्य लिएको छ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ ।
यस्तै, एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्ट २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भेरियन्टको ३ लाख ११ हजार ९०० रुपैयाँ रहेको छ ।
यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कको अत्याधुनिक असेम्ब्ली प्लान्टमा तयार भएका हुन् ।
त्यहाँ अन्य मोडेलहरू जस्तै एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कूटर पनि असेम्बल गरिन्छ।
सीजी मोटर्सले नयाँ मोडेलमार्फत नेपाली बजारमा हिरो मोटोकर्पको ब्रान्ड पहिचान थप मजबुत बनाउने लक्ष्य लिएको छ।