०४ साउन २०८३, सोमबार

काठमाडौंमा खेर गइरहेको छ मेलम्चीको पानी [तस्वीरहरू]

माघ १०, २०८१
काठमाडौं
काठमाडौंमा खेर गइरहेको छ मेलम्चीको पानी [तस्वीरहरू]

राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको  मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्ध लगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गइरहेको छ । 

खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर-घरमा जडान नहुँदा पानी खेर गएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगर्दा, हजारौं लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन् । 

महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ । पसल अगाडि पानी जम्मा हुने र सफा गरिरहनु पर्ने भएका कारण व्यापारीहरूले सास्ती भोग्नु परेको हो ।

मेलम्ची खानेपानी परियोजनाले काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्