२९ असार २०८३, सोमबार
अखिल क्रान्तिकारीको नेतृत्व चयन

अखिल क्रान्तिकारीमा रोचक प्रतिस्पर्धा– 'हेडक्वार्टर'का उम्मेदवारलाई जनार्दन पक्षको कडा टक्कर

माघ १३, २०८१
काठमाडौं
अखिल क्रान्तिकारीमा रोचक प्रतिस्पर्धा– 'हेडक्वार्टर'का उम्मेदवारलाई जनार्दन पक्षको कडा टक्कर

नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका उम्मेदवार विजयप्रकाश सापकोटा र उपमहासचिव जनार्दन शर्माका उम्मेदवार हेमन्त राईबीच कडा टक्कर देखिएको छ । 

गणना भइसकेका ६ प्रदेश र अन्तिममा पुगेर विवाद आएको मधेश प्रदेशको अहिलेसम्मको गणनामा सापकोटा २२ मतले अगाडि देखिएका हुन् । 

सापकोटाले ४७३ मत पाएका छन् । उनलाई पछ्याउँदै कडा टक्कर दिइरहेका राईले ४५१ मत प्राप्त गरेका छन् ।  हेडक्वार्टरका उम्मेदवार सापकोटाले कोशीबाट ४९, मधेशबाट ४०, बागमतीबाट ८७, गण्डकीबाट ६०, लुम्बिनीबाट ८५, कर्णालीबाट ८० र सुदूरपश्चिम प्रदेशबाट ७२ गरी ४७३ मत प्राप्त गरेका छन् ।

जनार्दन निकटका हेमन्त राईले कोशीबाट ११६, मधेशबाट ४१, बागमतीबाट ४८, गण्डकीबाट ३९, लुम्बिनीबाट ६६, कर्णालीबाट ८२ र सुदूरपश्चिमबाट ५९ गरी ४५१ मत प्राप्त गरेका छन् । 

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकटका उम्मेदवार उपदेश यादवले २०५ मत ल्याएका छन् ।

उनले कोशीबाट ३५, मधेशबाट ६७, बागमतीबाट ५१, गण्डकीबाट १५, लुम्बिनीबाट १०, कर्णालीबाट ५ र सुदूरपश्चिम २२ गरी २०५ मत प्राप्त गरेका छन् । 

क्रान्तिकारीको मतगणनामा अर्का उपमहासचिव वर्षमान पुनका उम्मेदवार सुदिन पौडेल कमजोर देखिएका छन् । उनले १४३ मत मात्रै ल्याएका छन् ।

पौडेलले कोशीबाट १८, मधेशबाट १, बागमतीबाट १७, गण्डकीबाट ६१, लुम्बिनीबाट २२, कर्णालीबाट ८ र सुदूरपश्चिम १६ गरी १४३ ल्याएका छन् । 

तर, मधेशमा खसेको १९५ मतमध्ये ४ मत कम देखिएको भन्दै विवाद झिकिएको छ । मधेशमा उपदेशले सबैभन्दा बढी ६७ मत पाउँदा सापकोटाले ४० र राईले ४१ मत प्राप्त गरेका छन् । 

सापकोटा पक्षको मत कम आएपछि यही पक्षले मतपत्रमा पानी हालेका कारण विवाद भएको अर्को पक्षको आरोप छ । त्यसपछि दुवै पक्षले पुनः मतदानको माग गरेका छन् । 

अब गणना हुन बाँकी विश्वविद्यालय र विशेष प्रदेशमा पनि विवाद भएको छ । 

बाल्मिकी क्याम्पसमा मतगणनाको तयारी भइरहँदा मतपत्रमा रातो र नीलो मसीको कारणले विवाद भएको हो । 

निर्वाचनमा रातो मसी प्रयोग भएको थियो । तर, गणनाको प्रारम्भमै केही मतपत्रमा नीलो मसी देखिएपछि विवाद भएको एक नेताले जानकारी दिए । 

प्रदेशहरूमध्ये सबैभन्दा बढी मतदाता यी दुईमा रहेका छन् । जसमा विशेषमा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो । 

कडा टक्करबीच यी दुई ठाउँको गणनाले नै अध्यक्षको छिनोफानो हुने देखिएको छ । हेडक्वार्टरनिकटका हिमाल शर्मा, पञ्चा सिंहसहितका नेता पनि यही प्रदेशका हुन् । उनीहरूको समेत प्रभाव रहेकाले यी दुई प्रदेशको गणनालाई रोचक मानिएको छ । 

दुवै ठाउँमा मतगणनाका लागि निर्वाचन समितिले छलफल गरिरहेको निवर्तमान अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

‘दुईवटा कलम प्रयोग भएपछि हिजोदेखि नै विवाद सिर्जना भएको थियो । तर, निर्वाचन समितिले मिलाउने प्रयत्न गरिरहेको छ । छलफल जारी छ । अब केही समयमा गणनामा जान्छ होला,’ सिंहले लोकान्तरसँग भनिन्, ‘मधेशमा अध्यक्षमा ठूलो विवाद छैन । अध्यक्षको मत गणना भइसकेपछि केही विवाद आउन खोजे पनि अहिले साम्य हुने क्रममा छ ।’

salt training

कमेन्ट गर्नुहोस्