०६ साउन २०८३, बुधबार

रविको निवेदनमा उच्चले माग्यो कैफियत प्रतिवेदन

माघ १५, २०८१
काठमाडौं
रविको निवेदनमा उच्चले माग्यो कैफियत प्रतिवेदन

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले कास्की जिल्ला अदालतबाट भएको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ६५ लाख धरौटी माग्ने जिल्लाको आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै उच्चमा सोमबार निवेदन दर्ता गराएका थिए ।

मंगलबार उच्चका न्यायाधीश मीलनकुमार राईको इजलासले जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो ।

गत पुस २५ गते कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

अदालतको आदेशपछि जिल्ला सरकारी वकिल कास्कीले उच्च सरकारी वकिल कार्यालयमार्फत उच्च अदालतमा आदेशको पुनरावलोकन माग गर्दै रविलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको थियो ।

उच्चले त्यतिबेला पनि जिल्लाको आदेशको कैफियत प्रतिवेदन माग गरेको थियो ।

कैफियत प्रतिवेदनमा रविलाई लगाइएको मुद्दाको विवरण, आदेश गर्दा अपनाएको कार्यविधि, आदेश गर्दा आधार मानिएका तथ्य, प्रमाण र कागजातलगायत विवरण उल्लेख गर्नुपर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्