![शुरू भयो एचपीभी खोप अभियान [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/HPV_vaccine_10_K5QNExj3O8.jpg)
पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान शुरू भएको छ ।
१० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मंगलबारदेखि शुरू गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट खोप अभियानको शुभारम्भ गरेका हुन् ।
हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्र पनि तोकिएको छ ।








