३० असार २०८३, मंगलबार

बयान फेरेको आरोपमा सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

माघ २८, २०८१
काठमाडौं
बयान फेरेको आरोपमा सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा बयान फेरेको भन्दै एक जना सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगसँगको अनुसन्धानको क्रममा दिएको बयान प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका-११ का दिपेश यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका यादवले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान विपरीत विशेष अदालतमा बकपत्र गरेका आयोगको आरोप छ । 

यादवले प्रतिवादी वीरेन्द्र प्रसाद साह कानुलाई रकम भुक्तानी दिएवापत ७८ हजार रूपैयाँ घुस दिएको आयोगको  दाबी छ । यादवविरुद्ध बिगो बराबर ७८ हजार रूपैयाँ कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्