२८ असार २०८३, आइतबार

वार्षिक ५०० शुल्कमा सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड, के छन् अन्य सुविधा ?

फागुन १, २०८१
काठमाडौं
वार्षिक ५०० शुल्कमा सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड, के छन् अन्य सुविधा ?

सिटिजन्स बैंक इन्टरनेशनलले देशकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सजिलो र सुरक्षित भुक्तानीको विकल्पका रूपमा बैंकले देशकै पहिलो क्रेडिट कार्ड डिजाइन गरेको हो । 

सामान्यतया भौतिक कार्ड बोकेर हिँड्ने र कार्ड स्वीकार गर्ने स्थानहरू खोज्दै हिँड्नुपर्ने सामान्य भइसकेको छ । प्रविधिको विकास र प्रयोगमा मोबाइलबाटै अधिकांश कारोबार हुने गरेको छ । सिटिजन्स बैंकले मोबाइल बैकिंङबाटै क्रेडिट कार्ड प्रयोग गर्न मिल्ने गरी ‘भर्चुअल क्रेडिट कार्ड’ ल्याएको छ ।

ग्राहकहरूले अनलाइन र अफलाइन दुवै स्थानमा क्यूआर कोड स्क्यान गरेर भर्चुअल कार्डको प्रयोग गर्न सक्ने जनाइएको छ । ग्राहकले ‘फोन पे’को जुनसुकै मर्चेन्टहरूमा भर्चुअल यस क्रेडिट कार्डको प्रयोग गर्न सक्नेछन् ।

भर्चुअल कार्डको मुख्य विशेषता भनेको शुरूआती ४५ दिनसम्म ब्याज लाग्ने छैन । अर्थात् ग्राहकले ४५ दिनसम्म ब्याज तिर्नुपर्ने छैन । यसका लागि छुट्टै कार्ड अथवा छुट्टै प्लेटफर्मको प्रयोग गर्नुपर्ने छैन । मोबाइल बैकिङबाट सामान्य कारोबार जस्तै यसको प्रयोग गर्न सकिन्छ । 

सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै भर्चुअल कार्डको प्रयोग गरिने भएकोले सिटिजन्स बैंकका खाता हुनुपर्नेछ । नयाँ खाता खोलेर पनि कार्डका लागि रिक्वेस्ट गर्न सकिन्छ । सिटिजन्स बैंकका पुराना अर्थात् पहिलेदेखि बैंकमा खाता भएर कारोबार गरिरहेकाहरूले सिधै मोबाइल बैंकिङमार्फत कार्ड ‘एक्टिभ’ गर्न सक्नेछन् । 

यद्यपि, निश्चित ग्राहकहरूलाई बैंकले यो सुविधाका लागि योग्य बनाइसकेको छ । यस्ता ग्राहकहरूले मोबाइल बैंकिङमार्फत ‘रिक्वेस्ट’ गरेर क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । 

कार्डका लागि नियमित आम्दानीको स्रोत वा सम्पत्ति देखाउनुपर्नेछ । यसका साथै आफ्नो मुद्दती निक्षेपका आधारमा पनि कार्ड लिन सकिन्छ । 

क्रेडिट कार्डको अधिकतम सीमा २ लाख ५० हजार रूपैयाँ रहेको छ । अर्थात् उपभोक्ताले २ लाख ५० हजार रूपैयाँसम्म आवश्यक माल सामान खरिदमा खर्च गर्न सक्नेछन् । खर्च गरेको रकममा कुनै पनि ब्याज लाग्ने छैन । कार्डको अवधि ४ वर्षको हुनेछ । एकै पटक खर्च गरेको रकम भुक्तानी नगरेर १० प्रतिशत मासिक किस्तामा पनि भुक्तानी गर्न सक्ने सुविधा समेत उपलब्ध छ ।

कार्डको अर्को मुख्य विशेषता भनेको हरेक पटकको कारोबार विवरण ‘लाइभ’ अर्थात् प्रत्यक्ष हेर्न सकिन्छ । कारोबार स्टेटमेन्टका लागि महिना अथवा साता कुर्नु पर्ने छैन । यसका साथै आफूले कुन क्षेत्रमा कति रकम खर्च गरेँ ? लयागतका विवरण पनि हेर्न सकिन्छ । जसले गर्दा आफ्नो दैनिक अथवा मासिक कारोबार म्यानेज गर्न सजिलो हुन्छ ।

पहिलो वर्षका लागि कार्ड सुचारु गर्दा ५०० रूपैयाँ लाग्ने बैंकले जनाएको छ । त्यसपछि वार्षिक/नवीकरण शुल्क ५०० रूपैयाँ लाग्नेछ ।

कसरी लिने भर्चुअल कार्ड ?
बैंकका अनुसार अनलाइनमार्फत् यो भर्चुअल कार्डका लागि अप्लाइ गर्न सकिन्छ । यसका लागि भौतिक रूपमा बैंकमा जानु पर्देन ।  पहिलेदेखि बैंकमा खाता भएकाहरूले मोबाइल बैंकिङमा गएर सिधै कार्डका लागि ३/४ स्टेप फलो गरेर लिन सक्नेछन् । 

नयाँ खाता खोल्ने अर्थात् नयाँ ग्राहकले खाता खोल्दा एउटा एप्लिकेसन फर्म भर्नुपर्ने हुन्छ । र, दुई दिनभित्रै मोबाइल बैंकिङमा क्रेडिट कार्ड प्राप्त गर्न सकिन्छ । 

बैंकको वेबसाइटमा भर्चुअल कार्डबारे जानकारी लिन सकिन्छ । यसका साथै देशभर फैलिएका सिटिजन्स बैंकको शाखामार्फत पनि कार्डबारे जानकारी लिन सकिने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्