०५ साउन २०८३, मंगलबार

१०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भोलिदेखि हुँदै

फागुन ७, २०८१
काठमाडौं
१०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भोलिदेखि हुँदै

काठमाडौंको भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

फागुन ८ गतेदेखि ११ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरूका १५० बढी स्टल रहनेछन् । 

प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरू रहने मिडिया स्पेश सोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्सन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एन्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स एन्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामग्रीहरू रहनेछन् । 

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र नविनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रबन्ध निर्देशक भट्टराईले बताए । उनले प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र चार दिन सञ्चालन हुने जानकारी दिए ।

null

प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र चार  दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको बताए ।

उनले भने, ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको १० औं सँस्करण फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ । यो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ । यसमा प्रवेश निःशुल्क रहेको छ । मेलाको तयारीको अन्तिम तयारीमा छौँ । मेलामा बिल्डिङ कन्स्ट्रक्सन सम्बन्धित सबै कुरा हुनेछन् । साथै कन्स्ट्रक्सनमा सबै कुरा हुनेछ । १० औं सँस्करणमा हामीसँग १५० वटा कम्पनीको सहभागी रहेको छ । तीन सयभन्दा बढी ब्रान्ड प्रदर्शनीमा हुनेछन् । यो प्रदर्शनी चार दिनको राखेका छौं ।  कन्ट्याक्टर्स, बिल्डर्स, आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर लगायत यो क्षेत्रमा काम गरिरहनुभएका डिस्ट्रिब्युटर्स, डिलर्सहरू र घर बनाइरहनुभएका आम नागरिकहरू लक्षित हुनुहुन्छ । चार दिनमा ४० देखि ४५ हजार जनाले यसको अवलोकन गर्ने अपेक्षा छ ।’

null

प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहनुभएका नेपालका आर्कीटेक्ट, इन्जिनियरस, कन्ट्रयाक्टर, विल्डर, इन्टिरीयर डिजाइनरहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ । साथै निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यतिm तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ ।

यस प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने पावर्ड बाई प्रायोजकमा फ्लाईबर्ड र सह प्रायोजकमा पर्ल प्रेसिजन रहेका छन्। सहयोगी संस्थाहरू नेपाल निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिंग आर्किटेकचरल एन्ड इन्जिनियरिङ फ्रमस्, सोसाइटी अफ नेप्लीज आर्कीटेक्ट्स तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल रहेको यो प्रदर्शनी ४ दिन सम्म चल्नेछ भने प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्