०४ साउन २०८३, सोमबार

औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा आलम

फागुन २५, २०८१
बुटवल
औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा आलम

देशभरका औद्योगिक क्षेत्रका उद्योगीहरूको छाता संस्था नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा एजाज आलम चयन भएका छन् । 

शनिबार बुटवलमा भएको अधिवेशनबाट अध्यक्षमा बुटवल औद्योगिक क्षेत्रका उद्योगी आलम निर्विरोध चुनिएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा बालाजु औद्योगिक क्षेत्रका वीरेन्द्रनाथ भट्टराई, प्रथम उपाध्यक्षमा राजेश्वरलाल जोशी, द्वितीय उपाध्यक्षमा हेटौंडाका सुदीप घिमिरे, महासचिवमा भक्तपुरका सागर घिमिरे, सचिवमा पोखराका सागरबहादुर श्रेष्ठ, कोषाध्यक्षमा बालाजुका कान्छा थापा र सहकोषाध्यक्षमा नेपालगञ्जका जगदिश उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको विधान अनुसार अध्यक्ष बाहेकका सबै पदहरू सदस्यमा निर्वाचित भई निर्वाचित सदस्यबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ । त्यसैगरी, एसोसिएट सदस्यमा सुयशराज पराजुली र पदेन सदस्यमा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल छन् ।

salt training

कमेन्ट गर्नुहोस्