०६ साउन २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट

चैत १०, २०८१
काठमाडौं
मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट

मुक्तिनाथ विकास बैंक लिमिटेडका एक भिसा डेबिट कार्ड होल्डरले ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् ।

तिलप्रसाद पौडेलले दुई जनाका लागि ब्याङ्‍ककको राउन्ड ट्रिप फ्लाइट टिकट हात पारेका बैंकले जनाएको छ । 

यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डवहाकहरू बीच सञ्चालित विशेष अभियानअन्तर्गत बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरूको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफर ल्याउने बताएका छन् । 

साथै बैंकले ग्लोबल मनी वीक'अन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन तथा सोसम्बन्धी जागरण अभियान कार्यक्रमहरूमा भाग लिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्