०५ साउन २०८३, मंगलबार

रुपन्देहीको देवदहमा कविता कन्सर्ट, विभिन्न स्रष्टा सम्मानित

चैत १७, २०८१
काठमाडौं
रुपन्देहीको देवदहमा कविता कन्सर्ट, विभिन्न स्रष्टा सम्मानित

स्रष्टा समान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले सरस्वती बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा शिवप्रसाद काफ्ले, सचिवमा अनन्तराम भण्डारी, सहसचिवमा दलबहादुर विक, कोषाध्यक्षमा रीता पराजुली छन् । 

यसैगरी सदस्यहरूमा जानुका लम्साल, भगवती शर्मा (तिवारी), मधु भण्डारी, पूजा ढुंगाना, मीनप्रसाद भट्टराई चयन भएका संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुंगानाले जानकारी दिए ।

अनुराग साहित्य समाज नेपालका अध्यक्ष यमलाल अर्यालको अध्यक्षता र देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कवि नवराज पराजुलीले विभिन्न कथाहरू वाचन गरेका थिए ।

सोही अवसरमा नरेन्द्र अनुराग पुरस्कारबाट २०७९ बाट साहित्यकार सरस्वती तिमिल्सिेना र २०८० बाट साहित्यकार वनमाली निराकारलाई नगदसहित सम्मान गरिएको छ ।

यसैगरी देवदहमा रहेर कविता सृजना गरी राष्ट्रिय रूपमा कविताबाटै पुरस्कृत भएका साहित्यकार यज्ञप्रसाद न्यौपानेलाई कविता रत्न सम्मान–२०८१ प्रदान गरिएको छ ।

त्यसैगरी मुकेश ज्ञवालीलाई अनुराग गौरव सम्मानबाट पुरस्कृत गरिएको छ । सञ्चारको क्षेत्रबाट संस्थाको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत रेडियो देवदहका निमित्त स्टेसन म्यानेजर गोविन्द घर्ती र पत्रकार कमला अर्याललाई सम्मान गरिएको छ ।

यसैगरी कार्यसम्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै संस्थाका सचिव शिवप्रसाद काफ्ले र सदस्य रीता पराजुलीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा देवदह नगरपालिकाका पूर्वनगर प्रमुख हिराबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुंगाना, निर्वाचित जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष सरस्वती बस्यालको स्वागत र सचिव शिवप्रसाद काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्