३० असार २०८३, मंगलबार

रविलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सकियो

चैत ३१, २०८१
काठमाडौं
रविलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सकियो

थुनामुक्त गर्न माग गर्दै रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा दायर निवेदनमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी चढेको निवेदनमाथि आइतबार सुनुवाइ सकिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश  रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

सो आदेशबमोजिम रवि रुपन्देही कारागारमा थुनामा छन् । 

त्यसअघि जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गरेकोमा उच्चले त्यसलाई उल्ट्याउँदै कारागार पठाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्