३२ असार २०८३, बिहीबार

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

बैशाख २, २०८२
काठमाडौं
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय  गरेको छ  । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो । 

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । 

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्