१० साउन २०८३, आइतबार

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाकै १ लाख ९० हजार नाघ्यो

बैशाख ४, २०८२
काठमाडौं
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाकै १ लाख ९० हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य नयाँ कीर्तिमान कायम गर्दै तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि तोकेको यो मूल्य हालसम्मकै उच्च हो।

बिहीबार मात्र सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले बढेको हो। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ हजार ७०० रुपैयाँले बढ्दै १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबार भने सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार, चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँमा पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्