
नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुरले जितेको छ । शनिबार राजधानीको दशरथ रंगशालामा पोखरा थन्डर्सलाई २–१ गोलले पराजित गर्दै ललितपुर सिटी एफसीले उपाधि जितेको हो ।
ललितपुरको जितमा इमाहो इजिकिलले ४२ र पापा इबुकेबेले ७४ औँ मिनेटमा गोल गरे ।
पोखराका सुदिल राईले ६४ औँ मिनेटमा गोल गरेपनि त्यो पर्याप्त हुन सकेन । ललितपुरले उपाधि जितेको यो दोस्रो पटक हो ।