०९ साउन २०८३, शनिबार

अर्थतन्त्रले गति लिएको मन्त्रालयको निष्कर्ष

बैशाख १४, २०८२
काठमाडौं
अर्थतन्त्रले गति लिएको मन्त्रालयको निष्कर्ष

अर्थ मन्त्रालयले अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । 

मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा भनिएको छ, ‘अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरूमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’

बुलेटिनमा राजस्व परिचालनमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सूचांकमा वृद्धि, आयात-निर्यातमा वृद्धि लगायत उल्लेख छ । 

मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको कूल खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले वृद्धि भएको जनाएको छ । 

अघिल्लो वर्ष कूल खर्च ८ खर्ब १ अर्ब ५८ करोड भएकोमा चालु आवमा ८ खर्ब ४१ अर्ब १५ करोड पुगेको छ। यस अवधिमा चालु खर्चमा सीमान्त दरले वृद्धि, पूँजीगत खर्चमा न्यून दरले वृद्धि र वित्तीय व्यवस्था तर्फको खर्चमा भने उच्च दरले वृद्धि भएको मन्त्रालयले जनाएको छ । 

कूल खर्चमध्ये चालु खर्च ६९.६ प्रतिशत, पूँजीगत खर्च ९.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०.६ प्रतिशत रहेको छ । 

गत आर्थिक वर्षको फागुनसम्म यस्तो खर्च कमशः ७२.६ प्रतिशत, १०.१ प्रतिशत र १७.२ प्रतिशत रहेको थियो । यस अवधिको चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चमा क्रमशः ०.६ प्रतिशत, १.७ प्रतिशत र २५.१ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ । 

हेर्नुहोस् बुलेटिन:

salt training

कमेन्ट गर्नुहोस्