०५ साउन २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठकअघि गल्फुटारमा शिक्षक प्रतिनिधिसँग कांग्रेस-एमालेको छलफल

बैशाख १५, २०८२
काठमाडौं
मन्त्रिपरिषद् बैठकअघि गल्फुटारमा शिक्षक प्रतिनिधिसँग कांग्रेस-एमालेको छलफल
आन्दोलनमा रहेका शिक्षक ।

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग छलफल गरेका छन् । 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास गल्फुटारमा उनीहरूबीच छलफल भएको छ । छलफलमा शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना, सरकारबाट उपप्रधामन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमालेबाट महासचिव शंकर पोखरेल र कांग्रेसबाट महामन्त्री गगन थापा सहभागी थिए ।

गल्फुटारको छलफल सकेर पौडेल, लेखक र पन्त बालुवाटार प्रस्थान गरेका छन् । बालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सकेसम्म शिक्षक र सरकारबीच आजै सहमति गर्ने तयारी छ । यसका लागि शिक्षकका केही मागहरू आजको मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्ने तयारी छ ।

‘आज दुई दलका दोस्रो तहका नेता र सरकारको पनि दोस्रो तहका मन्त्रीसँग छलफल भएको छ । योभन्दा माथि भनेको अब प्रधानमन्त्री (केपी शर्मा ओली) र कांग्रेस सभापति (शेरबहादुर देउवा) मात्र हो’, गल्फुटार छलफलमा सहभागी एक नेताले भने, ‘सकेसम्म आज क्याबिनेटले केही निर्णय गर्नेछ । सरकार र शिक्षक महासंघले संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगित वा स्वरूप परिवर्तन हुनेछ ।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २७ दिनदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । 

अर्थमन्त्री पौडेल, गृहमन्त्री लेखक, शिक्षामन्त्री पन्त र महामन्त्री थापा यसअघिदेखि नै शिक्षकहरूसँग औपचारिक/अनौपचारिक छलफल गरिरहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्