लोकान्तर डट्कम बुधबारदेखि दशौं वर्षमा पूरा गरेको छ । यस अवसरमा लोकान्तरले ‘आशा र उन्नति’बारे राष्ट्रिय बहस सञ्चालन गरेको छ ।
बहसमा अहिले ललितपुरमा जारी कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालसँग छलफल भइरहेको छ ।
ललितपुरमा जारी कार्यक्रममा कार्यक्रममा प्रतिनिधि सभाका सांसद, विभिन्न अदालतका न्यायाधीशहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, राजनीतिक दलका नेता तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन् ।
केहीबेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहस हुनेछ ।
२०७३ वैशाख २४ गते शुभारम्भ भएको लोकान्तर डट्कम बुधवार नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ ।
हेर्नुहोस् ९ औं वार्षिकोत्सवको औपचारिक समारोहका तस्वीरहरू :