३१ असार २०८३, बुधबार

यसरी हुँदैछ त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम [तस्वीरहरू]

बैशाख २५, २०८२
काठमाडौं
यसरी हुँदैछ त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम [तस्वीरहरू]

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तीव्ररूपमा भैरहेको छ । तोकिएको समयमा काम नसिकने भएपछि प्रधानमन्त्री केपी ओली केही दिनअघि तीव्र काम गर्न निर्देशन दिएका थिए । 

उनले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन पनि दिएका थिए । 

null

प्रधानमन्त्रीको निर्देशनसँगै क्रिकेट मैदानमा तीव्र गतिमा काम भइरहेको छ । असार अन्तिम सातासम्म काम सकिने निर्माण कम्पनीले प्रतिवद्धता गरेको छ ।

null

फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई-केसीडीसी-बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन-ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् । दुवै काम यही वैशाख २४ गतेभित्र सक्नेगरी मन्त्रिपरिषद‍् बैठकले निर्णय गरेको थियो ।

null

यसअघि वैशाख ४ गते उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत अनुगमन गरी तोकिएको समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । 

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्