![वैशाखमा मात्र करिब १९ सय ईभी गाडी भित्रिए, भरियो सुक्खा बन्दरगाह [ड्रोन तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/chobhar_bandargaha_ev_gadi_3_9tEi65ePFR.jpg)
काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौंको संख्यामा विद्युतीय गाडी भन्सार जाँचपासका लागि आइपुगेका छन् ।
विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा बन्दरगाहमा आइपुगेका हुन् । यी गाडी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

बजेटमार्फत् अन्त:शुल्क तथा भन्सार महसुल बढ्न सक्ने आशंकाबीच व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएका हुन् । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन्।
अहिले सडकमा विद्युतीय गाडीको संख्या उल्लेख्य रूपमा बढेको छ । सरकारले यस्ता गाडीमा भन्सार र अन्तःशुल्क कम गरेपछि ईभी बजार चलायमान बनेको हो ।

नयाँ गाडी किन्ने मात्र नभई गाडी अपग्रेड गर्ने वा फेर्ने ग्राहकको रोजाइमा पनि ईभी पर्न थालेको छ ।

बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरूले पनि धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।



तस्वीर : नेपाल फोटो लाइब्रेरी