
नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात शुरू गरेको छ । प्राधिकरणले गत शनिबार रातिदेखि भारतर्फ विद्युत निर्यात शुरू गरेको हो ।
विद्युत उत्पादन बढ्न थालेसँगै भारतर्फ निर्यात शुरू गरिएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार नेपालले २ सय मेगावाटदेखि १५० मेगावाट निर्यात शुरू गरेको छ ।
‘शनिबारदेखि भारतर्फ निर्यात भएको हो । हाम्रो विद्युत् उत्पादन बढिसकेको छ । त्यसैले निर्यात शुरू गरिएको हो । हाल २०० मेगावाटदेखि १५० मेगावाट शुरू गरेका छौं’, उनले भने ।
रातको समयमा खपत नभएको विद्युत भारत निर्यात गरिएको शिल्पकारले बताए ।
नेपालका आयोजनाहरूबाट दैनिक १९२५ मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको उनको भनाइ छ ।