०६ साउन २०८३, बुधबार
नियुक्ति खारेजीको माग

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता

जेठ १३, २०८२
काठमाडौं
गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार दर्ता भएको छ । 

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति कानूनसम्मत नरहेको भन्दै दिएको रिट निवेदन मंगलबार दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उनका अनुसार रिटको पेसी भोलि बुधबारका लागि तोकिएको छ । 

मुद्दाको दर्ता नम्बर ०८१-WO-१३१९ रहेको छ । 

पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित उम्मेदवार रहेको र गभर्नर सिफारिस समितिका पदाधिकारी भई राजीनामा गरेको रिट निवेदनमा उल्लेख छ ।

सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैं छनोट हुने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको पौडेलको सिफारिस, नियुक्ति तथा शपथको निर्णय बदर गर्नुपर्ने रिटमा माग गरिएको छ ।

साथै, मुद्दाको टुंगो नलागुञ्जेलसम्म गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न/नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।

पौडेललाई गत मंगलबार (६ जेठ २०८२)को मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको थियो ।

रिट शुक्रबार नै अदालत पेस भए पनि मंगलबार दर्ता भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्