
अन्य प्रदेशले जस्तै कोशी प्रदेश सरकारले पनि आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बजेट पेस गर्नेछन् ।
बजेटको आकार भने चालु आर्थिक वर्षको भन्दा बढाएर ३७ अर्ब हाराहारी पुर्याउन लागिएको सरकारका एक मन्त्रीले बताए । यसअघि प्रदेश सरकारले मन्त्रालयहरूलाई २८ अर्ब ८५ करोडको सिलिङमा आधारित भएर योजना प्रविष्ट गर्न निर्देशन दिएको थियो ।
आर्थिक मामिला मन्त्री मगरले पनि बजेट चालु आर्थिक वर्षको भन्दा बढ्ने बताए । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रूपैयाँको बजेट ल्याएको थियो ।
मुख्यमन्त्री कार्कीले स्रोत खुम्चिएका कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको भएपनि यस पटक बढ्न सक्ने बताए ।
उनले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै बजेटको आकार ३६ देखि ३७ अर्बको आउन सक्ने बताए ।
बजेटले प्रदेश सरकारका भवन तथा संरचना निर्माण, पूर्वाधार निर्माण, शिक्षा र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ।