
नेपालकै सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव 'यामाहा ब्लू फेस्ट' लगनखेलमा शुरू भएको छ।
यही असार १७ गतेसम्म चल्ने महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।
असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन् :
• जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।
• यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० को मूल्यांकन।
• अन्य ब्रान्डमा न्यूनतम रु. २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य)।
• एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस।
• रु. ६,००० सम्मको नगद छुट।
• फ्रीएक्सेसरिजहरू।
• निःशुल्क आर्थिक वर्ष ०८२/८३ को सडक कर भुक्तान।
• ७.९९% ब्याजदरमा वित्त पोषण, ग्यारेन्टर आवश्यक नपर्ने सुविधा।
यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभएर सवारी संस्कृतिको उत्सव भएको कम्पनीले जनाएको छ । जसमा इनोभेसन, फनर कम्युनिटीबीचको सम्बन्ध मिसिएको छ।
