०५ साउन २०८३, मंगलबार

एनआरएनए बेल्जियमको अध्यक्ष म हुँ, अरू थाहा छैन : सीता सापकोटा

असार १७, २०८२
काठमाडौं
एनआरएनए बेल्जियमको अध्यक्ष म हुँ, अरू थाहा छैन : सीता सापकोटा

उपाध्यक्ष लोकेन्द्र नेपालले अध्यक्षको दाबी गर्दै आसन ग्रहण तथा बधाई खान थालेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमकी निर्वाचित अध्यक्ष सीता सापकोटा आक्रोशित बनेकी छन् । नेपालले संस्थाको हितविपरीत कार्य गरेको उनको ठहर छ । 'इमान्दार र लगनशील देखेर उपाध्यक्ष नियुक्त गरेकी थिएँ, अहिले एकदम अगाडि बढेर संस्थाको हितविपरीत गए,' सापकोटाले भनिन्, 'युकेको डाक्टर हेमराज सापकोटा आएका थिए, तिनले खादा लगाएर नक्कली अध्यक्ष खडा गरेर गएछन्।'

लोकेन्द्र नेपाललाई अध्यक्ष बनाउन अदालतमा मुद्दा लडिरहेका बद्री केसी र गौरीराज जोशीद्वारा सापकोटालाई हटाउने आशयको पत्र पठाइएको थियो, जसलाई एनआरएनए बेल्जियमको आइतबार सम्पन्न पूर्ण बैठकले अवैधानिक ठहर गर्दै खारेज गरिदिएको छ। उक्त पत्र सार्वजनिक भएपछि संघभित्रको वातावरण तातेको छ।

लोकेन्द्र नेपाल अध्यक्ष भएको कुरा सामाजिक सञ्जालमा देखिएपछि बेल्जियमवासी नेपालीहरू आश्चर्यचकित बनेका छन्। 

संघभित्र समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै संलग्न व्यक्तिहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको अध्यक्ष सापकोटाले जानकारी दिइन् । बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष सापकोटाले भनिन्, 'एनआरएनए बेल्जियमको अध्यक्ष म हुँ, अरू थाहा छैन ।
म चुनाव जितेर अध्यक्ष भएकी हुँ, मलाई हटाउन कुनै माईकालालले सक्दैन।'

salt training

कमेन्ट गर्नुहोस्