२३ जेठ २०८३, शनिबार

एसईईमा इलिक्सरको फेरि उत्कृष्ट नतिजा : ३८ मध्ये १८ विधार्थीले ल्याए ४ जीपीए

असार १९, २०८२
काठमाडौं
एसईईमा इलिक्सरको फेरि उत्कृष्ट नतिजा : ३८ मध्ये १८ विधार्थीले ल्याए ४ जीपीए
एसईई परीक्षामा सहभागी विद्यार्थीहरू ।

काठमाडौंको कुमारीगाल(चाबहिल)स्थित इलिक्सर एकेडेमीले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत नतिजा ल्याएको छ । एकेडेमीबाट एसइईमा ३८ जना विद्यार्थी सहभागी भएकोमा १८ जनाले चार जीपीए ल्याएका हुन् । बाँकी विद्यार्थी २० जनाले पनि ३.७३ जीपीएभन्दा माथि नतिजा ल्याएको प्रिन्सिपल रविन दाहालले जानकारी दिए । 

विद्यार्थी, शिक्षक र अभिभावक सबैको मेहनतले राम्रो नतिजा आएको उनले बताए । यही नतिजालाई निरन्तरता दिँदै आगामी दिनमा अझ राम्रो गर्ने आफूहरूको प्रयास रहने उनको भनाइ छ ।

'विद्यार्थी, शिक्षक र अभिभावक सबैको मेहनतले राम्रो नतिजा आएको हो । यसले हामीलाई हौस्याएको त छ नै सँगै चुनौती पनि थपेको छ,' उनले भने, 'यसलाई कायम राख्दै आगामी दिनमा अझ राम्रो गर्ने अवसर पनि छ । हामी राम्रो गरेर देखाउँछौं । 

एसईईमा राम्रो नतिजा ल्याउन आफूहरूले कक्षा ८ देखि नै मेहनत गर्ने गरेको उनले बताए । 'आजको भोलि नै मेहनत गरेर राम्रो गर्न सकिँदैन । परीक्षाको तयारी मात्रै गरेर हुँदैन । हामीले कक्षा ८ देखि नै एसईईमा राम्रो नतिजा ल्याउनगरी मेहनत गर्छौं,' उनले भने, 'धेरैभन्दा धेरै अभ्यास गराउँछौं । टेस्ट परीक्षाहरू धेरै लिन्छौं । लेखन कलाहरू सिकाउँछौं । जसको परिणाम परीक्षाको नतिजाले पनि देखाएको छ ।' 

null

एकेडेमीले यसअघि २०७८ सालको एसईई परीक्षामा काठमाडौं जिल्लामा प्रथम भई काठमाडौं महानगरपालिकाबाट नगद पुरस्कारसहित ‘सर्वोत्कृष्ट विद्यालय पुरस्कार’समेत पाएको थियो । त्यस्तै, २०८० सालको एसईई परीक्षामा काठमाडौं जिल्ला प्रथम भई प्याब्सन काठमाडौंले ‘उत्कृष्ट विद्यालय सम्मान २०८०’ गरेको थियो । 

प्रिन्सिपल दाहालका अनुसार एकेडेमीमा कक्षा १० सम्म मात्रै ७६० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्मगरी कूल ८२५ विद्यार्थी र ८० जना शिक्षक/कर्मचारी रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्