०२ साउन २०८३, शनिबार

अमेरिकी राज्य टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० बालिका बेपत्ता

असार २१, २०८२
काठमाडौं
अमेरिकी राज्य टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० बालिका बेपत्ता

अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछिको बाढीमा परेर १३ जनाको मृत्यु भएको छ ।

ग्वाडालुप नदीमा आएको बाढीमा परेर २० बालिका बेपत्ता भएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार उद्धार टोलीले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ ।

बाढीले धेरै ठाउँमा बिजुली छैन र धेरै बालबालिका अझै पनि उद्धार टोलीको पर्खाइमा छन् ।

अधिकारीहरूले कति जना बेपत्ता छन् भन्ने ठ्याक्कै तथ्याङ्क दिन गाह्रो भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्